फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया र इङ्ल्यान्ड क्वार्टरफाइनलमा

  साउन २२, २०८०

काठमाडौं, २२ साउन : आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो । 

ब्रिसवन स्टेडियममा भएको अर्को खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध बनायो । अष्ट्रेलियाको जितमा केटलिन फोर्डले २९औं र हेली रासोले ७०औं मिनेटमा गोल गर्नुभयो । क्वार्टरफाइनलमा अष्ट्रेलियाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा इङ्ल्यान्ड र नाइजेरियाले निर्धारित र थप समयमा समेत गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।

टाइब्रेकरमा इङ्ल्यान्डकी बेथानी इङ्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गर्नुभयो । जर्जिया स्टानवेले चुक्नुभएको थियो । नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले गोल गर्नुभयो । 

डिसाएर ओपारानोजी र मिचेली एलोजी असफल बनेपछि नाइजेरिया घरफर्कन बाध्य बन्यो । विजेता इङ्ल्यान्डले क्वार्टरफाइनलमा कोलम्बिया र जमैकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया