राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

  साउन २१, २०८०

काठमाडौँ, २१ साउन : ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते, आइटिएफ र विभिन्न सात प्रदेशका राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहनेछ भने महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रथम टिम च्याम्पियनले रु एक लाख र दोस्रो टिम च्याम्पियनले रु ५० हजार प्राप्त गर्नेछ भने तेस्रो टिम च्याम्पियनले रु २५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा पुरुष र महिलातर्फको उत्कृष्ट घोषित हुने खेलाडीले जनही रु एक लाख २५ हजार प्राप्त गर्ने छन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ५२ लाख ८१ हजार ६ सय खर्च लाग्ने आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया