आशिषलाई रापिड बुद्धिचाल उपाधि

  साउन २०, २०८०

काठमाडौं, २० साउन : रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष् फुयाँलले जित्नुभएको छ । नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको दुई दिने प्रतियोगिताको फाइनल चरणमा आशिषले काठमाडौँका १४ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरी खेल्नुभयो । ६.५ अङ्क बनाउनुभएका आशिषले उपाधिसँगै १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

६ अङ्कसहित दोस्रो हुनुभएका पुरुषोत्तमले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । तेस्रो स्थानमा रहनुभएका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

महिलातर्फको उपाधि काठमाडौँकी आरती छत्कुलीले जित्नुभयो । चार अङ्क बनाउनुभएकी उहाँले पुनम प्रसाईँ टाइब्रेकरको आधारमा पछि पार्नुभएको हो । प्रतियोगितामा ५८ जना खेलाडीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया