मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई

  साउन ०३, २०८०

काठमाडौँ, ३ साउन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले फुटबल खेलप्रतिको लगन र मिहेनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गर्नुभएकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिनुभएको हो ।

उहाँको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुनुहुने अपेक्षा गर्नुभयो । लम्जुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा सम्लग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पु¥याउनु भएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ ।

युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उहाँ आगामी अगस्तको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेल्नुभएको थियो । नेपाली फुटबल खेलको दुनियाँमा उहाँको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।

तपाईको प्रतिक्रिया