प्रिन्स र विजितको जोडी दोस्रो चरणमा

  असार १५, २०८०

काठमाडौं, १४ असार : एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ ।

बिहीबार भएको खेलमा दाहाल र मगरको जोडीले बनेपाका सानुबाबु गोले र किरण थापाको जोडीलाई २१–८, २१–९ ले पराजित गर्नुभयो । नेपाल पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडी तथा सुनिल जोशी र अनीश श्रेष्ठको जोडी पनि दोस्रो चरणमा प्रवेश गर्नुभएको छ ।

यस्तै पुरुष युगलतर्फ दोस्रो चरणमा प्रवेश गर्ने अन्य खेलाडीमा सेनाका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडी, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडी, एपिएफका भोज बहादुर गुरुङ र विशाल प्रधानको जोडी, कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडी, बालकुमारी रिमिक्सका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडी, एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडी, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी जोडी हुनुहुन्छ ।

पुरुष एकलतर्फ नेपाल पुलिसका विष्णु कटुवालले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाउनुभयो । विष्णुले एपिएफका सुजन थापालाई २४–२२, २१–१५ ले पराजित गर्नुभयो । अर्को खेलमा एपिएफका देवराज रानाले सेनाका अभय महरालाई २१–८, २१–१५ ले पराजित गर्नुभयो ।

एपिएफका भोजबहादुर गुरुङले पुलिसका अविक श्रेष्ठलाई २१–११, २१–५, सेनाका प्रफुल्ल महर्जनले पाल्पाका दिपम बज्राचार्यलाई २१–८, २१–९, एपिएफका रोशन साउदले मदनलाल ब्याडमिन्टन क्लबका अमन तामाङलाई २१–१२, २१–९, पुलिसका पूर्णबहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–१५ र सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २०–२२, २१–१७, २१–१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया