ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोड रुपियाँ

  असार १०, २०८०

काठमाडौं, १० असार : ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगत तर्फ चार अर्ब २१ लाख ४६ हजार रकम छुट्याएको छ ।  महानगरले सडक पूर्वाधार, सम्पदा र विपद् व्यवस्थापनलाई बजेट विनियोजनमा प्राथमिकता दिएको छ । बजेटमा हरियालीपार्क निर्माण, एक घर एक उद्यान र  एक घर एक बोट अभियानलाई पनि समावेश गरेको छ ।

तपाईको प्रतिक्रिया