लेबनानले १२ औं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल

  जेठ ३१, २०८०

बेरुत, ३१ जेठ ः लेबनानको संसदको १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ ।

राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पार्नुभएको छ ।

उहाँलाई देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त थियो ।

निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरको ५९ मत आएको छ भने उहाँका प्रमुख प्रतिद्वन्द्वी फ्रान्गिहको ५१ मत आएको छ ।

पहिलो मतदानमा दुवैले दुई तिहाइ बहुमत वा कुल ८६ मत प्राप्त गरेका थिएनन् भने त्यसपछि लामो समयसम्म गणपूरक सङ्ख्या नपुगेका कारण दोस्रो चरणको मतदान हुन सकेको थिएन ।

सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन ।

लेबनान अभूतपूर्व आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्नेछ । रासस

तपाईको प्रतिक्रिया