आगामी साता दुई चलचित्र प्रदर्शन हुने

  जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ ।

हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ९डाकिनी० का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु जोङ्सार खिन्से रिम्पोछे निर्देशक रहनुभएको सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ ।

यस्तै, चलचित्र ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । यस वर्षको यो पहिलो व्यावसायिक र सफल चलचित्र बनेको छ । कवि उपेन्द्र सुब्बा पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया