प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

  जेठ २१, २०८०

काठमाडौं, २१ जेठ : प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर एमाले, रास्वपा, राप्रपासहितका दलका सांसदले उठेर विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सभाको ध्यानाकर्षण भएको भन्दै बसेर बैठकलाई नियमित प्रक्रियामा लैजान सहयोग गर्न आग्रह गर्नुभयो । तर, उहाँहरुले मान्नुभएन, उठेर विरोध जनाउँदै नाराबाजी गरिरहे । पटक पटकको आग्रह नमानेपछि सभामुख घिमिरेले आइतबार नै बस्नेगरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

तपाईको प्रतिक्रिया