इरानका राष्ट्रपतिको इजिप्टसँगको सम्बन्ध पुनर्स्थापित गर्न आवश्यक कदम चाल्न आग्रह

  जेठ १६, २०८०

तेहरान, १६ जेठ : इरानी राष्ट्रपति इब्राहिम रायसीले इजिप्टसँगको कूटनीतिक सम्बन्ध पुनःशुरु गर्न आवश्यक कदम चाल्न विदेश मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
इरानी सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले मङ्गलबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गर्नु भएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले जनाएको छ।

एक दिन अघि मात्रै इरानका सर्वोच्च नेता अली खामेनीले आफ्नो देशले इजिप्टसँगको द्विपक्षीय सम्बन्धको पुन: शुरुवातलाई स्वागत गर्ने र यस सम्बन्धमा कुनै समस्या नभएको बताउँनु भएको थियो।

उहाँले ओमानका सुल्तान हैथम बिन तारिक अल सइदसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको हो । यसै महिनाको शुरुमा कायरोको भ्रमण सँगै इरानसँगको सम्बन्ध पुन: शुरु गर्न इजिप्टको “इच्छा” व्यक्त गर्नु भएको थियो ।

इरान र इजिप्टले सन् १९८० मा कूटनीतिक सम्बन्ध तोडेका थिए। हालका वर्षहरूमा इरानले केही मुद्दाहरूमा मतभेदहरू समाधान गरेर इजिप्टसँग सम्बन्ध सुधार गर्न तयार रहेको घोषणा गरेको छ । गत मार्चमा इरानले अरब राष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन साउदी अरेबियासँग सम्झौता गरेको थियो। (रासस)

तपाईको प्रतिक्रिया