नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : सभापति लामिछाने

  जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् ।

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे ।

प्रहरीले बयान लिन सम्म डराएका व्यक्तिहरूमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ । उनले नेपाली जनताले आफूहरुलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्‌मा पठाएको उल्लेख गरे । कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गरे ।

उनले भ्रष्टाचारको जरो नओखलेसम्म विश्राम नलिने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया