हरियाणा ः अधिक वजन घटाउन प्रहरीलाई आग्रह

  जेठ ०५, २०८०

चण्डीगढ, भारत, ५ जेठ : हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिनुभएको हो ।

उहाँले पबढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताउनुभएको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गर्नुभएको छ ।

विजले लेख्नुभएको छ, “अधिक तौल भएका सबै प्रहरी अधिकारी÷कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।” (रासस)

तपाईको प्रतिक्रिया