उर्लाबारी, १३ गर्मी : बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।
पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ । त्यहाँबाट करिव दुई सय मिटर ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा बाटो छिचोल्दै चुरे पहाडको कोखमा रहेको यो झरना पुगिन्छ । छङछङ गर्दै निरन्तर बगिरहेको कोलुङ झरना पुग्दा शरीरको सबै थकान मेटिएर मानिसको मुखबाट निस्कने एउटै बोली हो आहा १
पाँचथर र मोरङको सिमाना रहेको मिक्लाजुङ डाँडाको कोखबाट मिक्लाजुङ गाउँपालिका–१ जौँ बारीहुँदै पहाडी चट्टानमा लुकामारी खेल्दै बग्दै आएको तेली खोलाको चिसो पानी मिक्लाजुङ–५ र लेटाङ नगरपालिका–८ को सिमानामा पर्ने स्थनामा करिब ५० फिट माथिबाट झरेको छ ।
उर्लाबारीबाट यो झरना हेर्न आउनुभएका किरण खड्का भन्नुहुन्छ, “भरना हेर्न र मनोरञ्जन लिन मानिस धनकुटाको नमस्ते, तेह्रथुमको ह्यात्रुङ झरना जान्छन् तर नजिकैको यो भने चर्चामा छैन् । यो झरनाको प्रचारप्रसार हुन सके टाढा जान पर्दैन ।” खड्काको जस्तै अनुभूति मोरङ पथरीका सन्तोष राईको पनि छ । राई भन्नुहुन्छ, “ पहिलो पटक यहाँ आउँदा झरनाबाट आउने शीतल पानीको छिटा र चिसो हावाको स्पर्शले आफूलाई स्वर्गमै पुगेको आभास भएको छ ।”
विशेष गरी राई समुदायले परम्परागत रुपमा बोल्दै आएको भाषाका आधारमा यस झरनाको नामकरण भएको मिक्लाजुङ–५ का वडाध्यक्ष मेघनाथ तामाङ बताउनुहुन्छ । राई समुदायले बोल्ने भाषामा कोलुङ भनेकोे चट्टान ९पथ्थर० हो । यो भरना पनि ठूलठूला चट्टानको कोखबाट झर्ने भएकाले सोही अनुसार झरनाको नामकरण भएको तामाङले बताउनुभयो ।
मोरङको पर्यटकीय क्षेत्रमा विराट राजाको दरबार, धनपाल गढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव–पार्वती गुफा, मिक्लाजुङडाँडा, हरिश्चन्द्र गढी, हसिनी सिमसार, मण्ठपोखरी, ध्वजेडाँडा, बेतेनी ताल, बेतौना सिमसारसहित १५ वटा क्षेत्र समावेश छन् । “ तापनि यो झरना पर्यटकीय क्षेत्रमा समावेश हुन नसक्दा यो क्षेत्रको विकास र प्रर्वद्धनमा टेवा पुग्न सकेको छैन्, यसमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्छ”, वडाअध्यक्ष तामाङ भन्नुहुन्छ ।