जगदुल्लामा स्वास्थ्य बीमा

  चैत २८, २०७९

 

जाजरकोट, २८ चैत : जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु १९ लाख २८ हजार आठ सय ५० रुपैया स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिनुभयो ।

समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बीमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया