नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो

  चैत १४, २०७९

काठमाडौँ, १४ चैत : साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ ।

बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन ।

खेल सुरुआती आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन । तर नेपालको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७५औँ मिनेटमा बङ्गलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

यस बराबरी खेलसँगै नेपाल चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको अन्त्य ग¥यो । बङ्गलादेशले पनि ४ खेलमा ७ अङ्क जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त ग¥यो । सोही प्रतियोगितामा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारतको ६ अङ्क छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । रासस

तपाईको प्रतिक्रिया