क्रिकेटर भण्डारीलाई गृह पालिकाको सम्मान

  चैत १३, २०७९

ढोरपाटन, १३ चैत : क्रिकेटर सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिकाले राष्ट्रिय टोलीका यू–१९ टका सदस्य सुवास भण्डारीलाई ५० हजार नगदसहित आज सम्मान गरेको हो ।

यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भण्डारीलाई गाउँपालिकाले सम्मान गरेको हो । भण्डारी काठेखोला गाउँपालिका–१ पालाको हुनुहुन्छ । सम्मान कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले यो सम्मानले मनोबल बढाउन सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकाले खेल क्षेत्रसमेत प्राथमिकता राखेर काम गरिरहेको भन्दै काठेखोलामा जन्मेर नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देशको नाम राख्न सफल भएकाले खेलाडीलाई सम्मान गरिएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ९तिलक०ले क्रिकेटर भण्डारीको खेल जीवनलाई थप प्रेरणा र प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । भण्डारी सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुनुहुन्छ । उहाँले पोखरामा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ । रासस

तपाईको प्रतिक्रिया