आयोगका नवनियुक्त उपाध्यक्ष शाहीद्वारा शपथ ग्रहण

  चैत ०९, २०७९

कर्णाली, चैत ९ : कर्णाली प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उपाध्यक्ष शाहीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विसं २०७६–२०७८ मा उहाँ कर्णाली प्रदेश योजना आयोगका सदस्य हुनुहुन्थ्यो ।

कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया