काठमाडौँ, चैत ९ : बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण विश्व रङ्गमञ्च दिवसको अवसर पारेर काठमाडौँमा जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।
चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमार्फत गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रङ्गमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको महोत्सवका निर्देशक पुष्कर गुरुङले जानकारी दिनुभयो ।
“अपेक्षाकृत विदेशी नाटक नआएपछि नेपाली मात्र सहभागी छन् । यसपटक ६ नाटकलाई दर्शकले हेर्न पाउनुहुनेछ”, निर्देशक गुरुङले भन्नुभयो । माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटक ‘चण्डालिका’ मञ्चन महोत्सवमा अभिनेता तथा निर्देशक अनुप बराललाई रु ५० हजार राशिसहित ‘डबली अवार्ड’ प्रदान गरिनेसमेत उहाँले जानकारी दिनुभयो । महोत्सव बागमती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा हुन लागेको हो ।






