साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

  चैत ०५, २०७९

उदयपुर, ५ चैत : उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो ।

त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिनुभयो । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ ।

विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए । उनका बुबाको २०७५ सालमै निधन भएको थियो । त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया