आदर्श पत्रकारिता पुरस्कार स्थापना

  चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रु एक लाख एक हजार एक सय ११ राशिको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । शाखाले यही चैत २५ गते काठमाडौँमा आयोजना गर्ने अधिवेशनमा सो पुरस्कार वितरण गर्ने जनाइएको छ ।

शाखाको आज सम्पन्न बैठकले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हालै पत्रकार तथा पत्रकार महासङ्घप्रति लक्षित गरी सार्वजनिक गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको सचिव महेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया