काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरमा समस्या, पुन : काठमाडौंमै अवतरण

  चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै फर्किएको छ ।

शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि सिमराको आकाशबाट फर्काइए पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अवतरण गरिएको हो। जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।

विमानमा एक्कासि प्राविधक समस्या देखा परेपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जानकारी गराइएको थियो ।

हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । जहाजमा ६२ जना यात्रु सवार थिए ।

तपाईको प्रतिक्रिया