नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान

  चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ । “प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ”, सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रष्ठिानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवम् भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो ।

प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नोपलमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, सम्वर्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनसमेतमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ ।

तपाईको प्रतिक्रिया