पूर्ण छात्रवृत्ति प्राप्त गर्ने १५ विद्यार्थी सम्मानित

  चैत ०३, २०७९

मोरङ, चैत ३ : विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम)का १५ जना विद्यार्थी सम्मानित भएका छन् । एमबिबिएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ती प्राप्त गर्न सफल उनीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

विद्या मन्दिरका विद्यार्थी प्रफेन यादवले एमबिबिएस प्रवेश परीक्षामा दोस्रो स्थान ल्याउन सफल भएका छन् । यसैगरी एमबिबिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीमा आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत र आयुष गौतम रहेका छन् ।

बिडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमारले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र प्राचार्य रोविन दाहालले विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख कोइरालाले शैक्षिक केन्द्रको नगरलाई विकास गरी सार्क राष्ट्रका विद्यार्थीलाई अध्ययनको सहज वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्राचार्य दाहाल र दोसो स्थान ल्याउने विद्यार्थी यादवले विद्यार्थीलाई अनुकुल हुने गुणस्तरीय शिक्षा प्रदानले सफलता प्राप्त गर्न सहयोग पुगेको बताएका छन् । विद्यालयले गत वर्षदेखि कक्षा ११ र १२ को अध्यापन शुरु गरेको हो ।

विसं २०४० मा स्थापित विद्यालयले २०६५ सालमा राकेश गिरी र २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्ड प्रथम ल्याउन सफल भएका थिए भने पाँच पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ठ विद्यालयको रुपमा सम्मानित भइसकेको छ ।

तपाईको प्रतिक्रिया