यसै वर्षभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर

  चैत ०२, २०७९

 

काठमाडौं, २ चैत : नेपालमा सञ्चालित २४ वटा राष्ट्रिय गौवका आयोजनामध्ये तीन आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने समयसीमा छ । तर आयोजनाको भौतिक प्रगति नै कम भएका कारण तोकिएको समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना, उत्तर दक्षिण कालीगण्डकी करिडोर लोकमार्ग आयोजना र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण सम्पन्न चालू आर्थिक वर्षभित्र गरिसक्नुपर्ने छ ।

चालू आर्थिक वर्षभित्र नै सक्नुपर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य भने सम्पन्न भएर सञ्चालनमा आइसकेको छ ।

आर्थिक वर्ष २०६४÷६५ बाट निर्माण कार्य सुरु भएको यस आयोजनाको भौतिक प्रगति ६४।१६ प्रतिशत छ भने वित्तीय प्रगति ६९।७९ प्रतिशत भएको छ । ३३ अर्ब ३६ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड पुगेको छ ।

यस आयोजनामा हालसम्म ५८ अर्ब ८५ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ६ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

कालिगण्डकी करिडोर लोकमार्ग आयोजना

आर्थिक वर्ष २०६६÷६७ बाट निर्माण सुरु भएको यस आयोजनाको निर्माण सम्पन्न चालू आर्थिक वर्षमा गर्नुपर्ने समयसीम छ । यस आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।

गैँडाकोट राम्दी मालुङ्गा सडकखण्ड र बेनी जोमसोम सडकखण्ड गरी दुई खण्डमा काम भइरहेको छ । करिडोरको समग्र भोतिक प्रगति ५६। १७ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५४।६७ प्रतिशत भएको छ ।

यस आयोजनाका लागि २४ अर्ब लागत अनुमान राखिएको छ ।यस आयोजनामा हालसम्म ७ अर्ब ७८ करोड खर्च भएको छ । चालू आर्थिक वर्षमा यस आयोजनाका लागि ३ अर्ब ६३ करोड रकम विनियोजन भएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

आर्थिक वर्ष २०६८÷६९ बाट निर्माण सुरु भएको यस आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत प्रगति भएको छ भने वित्तीय प्रगति ४१।९२ प्रतिशत भएको छ । १६ अर्ब ४३ करोड लागत अनुमान रहेको यस आयोजनाको लागत बढेर ३६ अर्ब ८० करोड पुगेको छ ।

यस आयोजनाका लागि १५ अर्ब ४३ करोड रकम खर्च भएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब ७ करोड रकम विनियोजन भएको छ । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया