काठमाडौं, ३० फागुन: रत्न राज्य लक्ष्मी क्याम्पस ९आरआरमा० गठबन्धन निकट विद्यार्थी संगठनले कालो ब्यानर प्रदर्शन गरेका छन् ।
चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी संगठनले मंगलबार बिहान क्याम्पसको मूल गेटमा कालो ब्यानर टाँगेका हुन् ।
नेविसंघ, एकीकृत समाजवादी निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन लगायतले संयुक्त रुपमा कालो ब्यानर टाँगेका हुन् ।
उनीहरुले फर्जी तथा अवैध मतदाता नामावली खारेज गर्ने लगायत माग उनीहरुले राखेका छन् । यसअघि उनीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।