असिनाले साढे दुई करोडको सुन्तलामा क्षति

  फागुन १५, २०७९

आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।

असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो ।

दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग रु पाँच करोड आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिहेको छ ।

तपाईको प्रतिक्रिया