पर्यटन प्रवद्र्धन गर्न ‘टुर दि ठाकुरद्वारा’

  माघ २४, २०७९

पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । “यही माघ २६ गते बागेश्वरी मन्दिरबाट सुरु हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर अनि सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्ने छौँ”, अध्यक्ष निरौलाले भन्नुभयो, “२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पु¥याउने हाम्रो योजना छ ।”

साइकलयात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको बताउँदै अध्यक्ष निरौलाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकलयात्री र अन्तर्राष्ट्रिय साइकलयात्रीसँगै स्थानीय साइकलयात्री पनि सहभागी हुने उल्लेख गर्नुभयो ।

“साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । यस क्षेत्रमा सुरक्षित साइकलयात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ”, क्लबका अध्यक्ष निरौलाले भन्नुभयो ।

पर्यावरणमैत्रीरूपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राको उद्देश्य रहेको कार्यक्रम संयोजक प्रदीप सापकोटाले बताउनुभयो । “यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ”, उहाँश्ले भन्नुभयो, “साइकलयात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।”

तपाईको प्रतिक्रिया