माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

  माघ २०, २०७९

काठमाडौं, माघ २० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको बुझिएको छ । सरकारलाई विश्वासको मत दिएपनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलमा समस्या देखिएको बताइरहँदा मन्त्री श्रेष्ठले समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् ।

तपाईको प्रतिक्रिया