बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

  माघ १६, २०७९

मकवानपुर, माघ १६ : बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेपालले प्रदेशप्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथग्रहण गर्नुभएको प्रदेश, प्रदेशप्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जमकट्टेल र अन्य मन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्री जमकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया