बालुवाटारमा प्रचण्ड र ओलीकोे छलफल : एजेण्डा, गृहमन्त्री कसलाई दिने ?

  माघ १५, २०७९

काठमाडौं, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग सत्तासाझेदार दलका नेतासमेत रहेका ओलीको अहिले छलफल जारी छ ।

छलफलमा नागरिकता विवाद समाधान भएपश्चात् शुक्रबारमात्र उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको छ ।

साथै, बैठकमा अन्य समसामयिक विषमया पनि छलफल भइरहेको बुझिएको छ । ओलीले पछिल्लो दिनमा आफूलाई चौतर्फी घेराबन्दी पारेको भन्दै दाहालले असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव दाहालको छ भने ओली त्यसमा तयार छैनन् ।

तपाईको प्रतिक्रिया