६० वर्ष पुरानो फोटो प्रदर्शन

  माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ ।

पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो ।

प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ । विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो । ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो सङ्कलक सुरेन्द्र आठपहरियाले सङ्कलन गर्नुभएको हो ।

ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया