इन्टरनेटबारे सात रोचक तथ्य

  पुष २५, २०७९

आधुनिक विश्वको नौलो आविष्कार इन्टरनेट एक कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको सूचनाको विश्वव्यापी सञ्जाल हो । यो एक कम्प्युटरहरूको समूह हो, जसको प्रयोगबाट संसारभरका सूचना एकआपसमा आदानप्रदान गर्न सकिन्छ । भाइबहिनीहरू, सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा आएको द्रुत गतिको परिवर्तनको प्रमुख कारण इन्टरनेट नै हो । यस पटक हामी यहाँ यही इन्टरनेटका रोचक तथ्य र प्रसङ्गका बारेमा केही कुरा गर्ने छौँ ।

भाइबहिनीहरू, आम मानिसका लागि सामान्य बनिसकेको इन्टरनेटको इतिहासबारे केही आश्चर्यजनक तथ्यहरूका बारेमा जानौँ, जुन तथ्य धेरै कमलाई मात्र थाहा छ ।

१. गुगोल बिग्रिएर गुगल : गुगलको नाम पहिले गुगल (Google) थिएन । गुगोल (Googol) बाट बिग्रिएर यसको नाम गुगल (Google) रहन गएको हो ।

२. पहिलो ब्राउजर : संसारको पहिलो ब्राउजर ‘वल्र्ड वाइड वेब’ थियो । बर्नर्स लीले सन् १९९० मा वल्र्ड वाइड वेब नामबाट ब्राउजरको विकास गरेका थिए, जसलाई अहिले ‘नेक्सस’ भनेर चिनिन्छ । त्यति बेला इन्टरनेटमा चलाउन यो नै पहिलो र एक मात्र वेब ब्राउजर थियो ।

३. फेसबुकको रङ नीलो हुनुका कारण : मेटाका मालिक मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण फेसुबकको रङ छनोट गरेका थिए । यसको पछाडि कारण छ त्यो के भने उनलाई ‘कलर ब्लाइन्ड’ को समस्या छ । उनी रातो र हरियो रङ राम्रोसँग छुटाउन सक्दैनन्, त्यसैले उनले फेसबुकको रङ नीलो बनाएका हुन् ।

४. इमेल ठेगानमा (एड्रेस) मा २ सिम्बोल : इमेल एड्रेसमा २ सिम्बोल हुनुको पछाडि निकै रोचक प्रसङ्ग छ । त्यो के भने इमेलको सुरुवातको समयमा २ सिम्बोल निकै कम प्रयोग हुने सिम्बोल भएकाले यसको प्रयोग बढाउन हरेक इमेल एड्रेसमा यसको प्रयोग अनिवार्य गरिएको हो ।

५. डोमेन दर्ता निःशुल्क : डोमेन दर्ता गराउन एक हजार रुपियाँदेखि हेरेर माथि शुल्क लाग्छ । अहिले निःशुःक डोमेन प्रयोग गर्न सकिँदैन, नेपालमा डट एनपीबाहेक अरू डोमेन किन्नु पर्छ । यस्ता दिन पनि थिए जहाँ डोमेन निःशुल्क दर्ता गर्न पाइन्थ्यो तर यो धेरै दिन टिकेन सन् १९९५ देखि डोमेन दर्ता शुल्क लिन थालियो ।

६. वाईफाईको अर्थ : वाईफाई शब्द धेरैलाई (वायरलेस फाइडलिटी) को छोटो हो भन्ने लाग्न सक्छ । वास्तवमा वाईफाई कुनै शब्दको छोटो रूप भने होइन । सन् १९९७ मा आम उपभोक्ता माझ प्रयोगमा ल्याइएको वाईफाई प्रविधिको पुरानो नाम IEEE802 थियो । यो नाम निकै अप्ठ्यारो भएपछि हाईफाई भन्ने शब्दसँग वाईफाई मिल्ने भएकाले सम्झन सहज हुने भएकाले यसको नाम वाईफाई दिइएको थियो ।

७. अमेजनको पुरानो नाम : विश्व प्रसिद्ध ई–कमर्स कम्पनी अमेजनका रूपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने ‘आब्राकाडाब्रा’ शब्दबाट प्रेरित भएर राखिएको थियो । यस शब्दको अगाडिको भाग आब्रालाई छोडेर पछाडिको काडाब्रा भनेर राखिएको नाम थियो । जेफ बेजोसले पछि वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखे ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया