प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

  पुष १७, २०७९

काठमाडौं, पुस १७ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले पुस २२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

पुस २५ गते बस्ने पहिलो संसद बैठकका एजेण्डा तय गर्न बैठक बोलाइएको हो ।

तपाईको प्रतिक्रिया