गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालको शपथ

  पुष १३, २०७९

गण्डकी,पुस १३ : गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित एक समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल पर्वतको प्रदेशसभा (२) बाट नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्नुभएको थियो । उहाँको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ खुवाउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ खुवाउने कार्यक्रम छ ।

शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्रीहरू, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्च पदस्थ अधिकारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया