कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

  पुष ११, २०७९

सुर्खेत, पुस  ११ : कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिनुभएको हो । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ ।

उहाँ दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित हुनुभएको हो । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया