प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

  पुष १०, २०७९

मोरङ,पुस १० : प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ ।

एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । नेता कार्की झापा क्षेत्र नं ५(क)बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया