अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

  मंसिर २९, २०७९

काठमाडौँ, मङ्सिर २९ : अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवस सप्ताहव्यापीरूपमा मनाउने एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

“वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नारासहित १६ देखि २२ डिसेम्बरसम्म सप्ताहव्यापीरूपमा आप्रवासी दिवस मनाइने उहाँले बताउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरणको कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका, २०७९ मार्फत पालिकासँग सहकार्य गरिरहेको समेत बताउनुभयो ।

“देशको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यद्यपि रोजगारीका लागि विदेशिनु बाध्यता हो, यसको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले हामीले एक सय ५० वटा पालिकासँगको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनः एकीकरण गर्नका लागि काम सुरु गरेका छौँ ।”

कूल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान झण्डै २५ प्रतिशत रहेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म दुई लाख ७६ हजार दुई सय ४२ महिलासहित ५० लाख आठ सय ३३ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्कानुसार १४ वर्षमा १० हजार नौ सय ३२ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । यस्तै दुई हजार एक सय २५ गम्भीर बिरामी र अङ्गभङ्ग भएका छन् ।

पछिल्लो समयमा बेमौसमी रोजगारको आर्कषण बढेसँगै कोरिया, जर्मनी र बेलायतजस्ता देशमा बेमौसमी रोजगारका लागि श्रमिक पठाउन कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाएको सचिव अर्यालले जानकारी दिनुभयो । उहाँले सातै प्रदेशमा वैदेशिक रोजगारका लागि श्रमिकलाई तालिमको व्यवस्था गर्ने तयारी भइरहेको समेत जनाउनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन ९आइओएम०का तथ्याङ्कानुसार विश्वभर २८ करोड ५९ लाख आप्रवासी श्रमिक रहेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं ५५र९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलगायतको संयुक्त पहलमा मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया