नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी

  मंसिर २९, २०७९

भक्तपुर, मङ्सिर २९ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।

घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया