ब्रसेल्स, मङ्सिर २६ : कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप “अत्यन्त गम्भीर चिन्ताको विषय” भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।
“युरोपियन संसद्का उपाध्यक्ष विरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ,” युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले टिप्पणी गरेकी छन्।
“यो हाम्रा संस्थाहरूमाथिको मानिसहरूको विश्वासको प्रश्न हो । हाम्रो संस्थाप्रतिको विश्वासलाई अक्षुण्ड राख्न आवश्यकता छ।”






