संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

  मंसिर २३, २०७९

काठमाडौँ,मङ्सिर २३ : राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गर्नु भएको छ ।अध्यक्ष यादवले सूचना हकको ऐन २०६४ बमोजिम संसद् सचिवालयसँग सूचना माग गर्नु भएको हो ।

उहाँले लिखित निवेदन दर्ता गर्दै पछिल्लो संसद्को पाँच वर्षे २०७४ देखि २०७९ सम्मको कार्यकालमा सांसदहरुमा तलब एवं अन्य सुविधामा खर्च भएको कुल रकमको प्रमाणित प्रतिलिपी माग गर्नु भएको छ ।

त्यस्तै उहाँले संसद्को पछिल्लो पाँच वर्षमा सांसदहरुले लिएको भत्ता, संसदीय कोषमार्फत खर्च भएको रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयोग गरेको सांसदहरुको सूची माग गरेका छन् ।

उहाँको निवेदन मार्फत माग्नुभएको सुचना यस प्रकार रहेको छः

म निवेदकलाई निम्नलिखित सुचना मेरो अध्ययन प्रयोजनको लागी आवश्यक रहेकोले सोको प्रमाणित प्रति उपलब्ध गराई दिन हुन अनुरोध गर्दै नेपाली नागरिकको रुपमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार यो निवेदन पेस गरेको छू। मेरो नागरिकताको छांयाप्रति यसै साथ संलग्न रहेको बेहोरा समेत सादर अनुरोध छ लेखिएको छ ।

१.पछिलो संसदको पांच वर्षे ०७४ देखि ०७९ सम्म कार्यकाल अवधिभरीमा माननीय सांसद ज्यू हरुमा तलब एवं अन्य सुबिधामा खर्च भएको कुल रकम को विवरण।

२. पछिलो संसदको पांच वर्षे ०७४देखि ०७९ कार्यकाल अवधीभरीमा माननीय सांसद ज्यूहरुमा दैनिक भत्ता मा खर्च भएको कुल रकम को विवरण ।

३. पछिलो ०७४ देखि ०७९ संसद अवधिभरीमा माननीय सांसद ज्यू हरुमा संसदीय कोष मा खर्च भएको कुल रकम को विवरण।

४. पछिलो ०७४ देखि ०७९ संसद अवधिभरी कुनै माननीय सांसद ज्यूहरुले आफ्नो तलब, अन्य सुबिधा, भत्ता वा कोष न बुझी राष्ट्रलाई सहयोग गर्नु भएको छ भने सो माननीय सांसद ज्यूहरुको नामवाली।

तपाईको प्रतिक्रिया