नवनिर्वाचित सदस्यहरूको घोषणा : अबको पाँच वर्षमा भक्तपुरलाई नमूना बनाउँछौँ

  मंसिर २१, २०७९

भक्तपुर, मङ्सिर २१ : मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा विजयी हुनुभएका भक्तपुरका जनप्रतिनिधिले अबको पाँच वर्षमा भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाउने घोषणा गर्नुभएको छ ।

आज राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले मधयपुरथिमि राधेराधेमा आयोजना गरेको अबको पाँच वर्षमा भक्तपुरलाई कस्तो बनाउने भन्ने विषयमा प्रतिनिधिसभा तथा प्रदेशसभामा नवनिर्वाचित सदस्य र पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचत प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको भन्दै आफ्ना प्रतिस्पर्धी तथा अघिल्ला कार्यकालका सांसदको अनुभवलाई पनि ग्रहण गरेर विकासलाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले संविधानले परिकल्पना गरेको तीनै तहको सरकारको अधिकार क्षेत्रलाई सम्मान गर्दै आफूले बाँकी रहेका ऐन, नीति निर्माणमा लाग्ने र विकासलाई नयाँ मोडालिटीमा लगेर भक्तपुरलाई नमूना बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासका नाममा कति उल्टो कामहरू भएका छन्, हनुमन्ते करिडोरको नाममा कतिपयलाई सुकुम्बासी बनाउने काम भएको छ । करिब छ सय वर्षअघिको भक्तपुरलाई अहिलेको भक्तपुरसँग दाँजेर हेर्दा हामी विकासको उल्टो गतिमा अघि बढिरहेको अनुभूति भइरहेको छ, त्यसैले अबको पाँच वर्षमा बिग्रिएका धेरै कामलाई सही मार्गमा ल्याउँदै भक्तपुरलाई नमूना बनाउँछौँ ।”

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य किरण थापामगरले जनताको आशा, भरोसा र आवश्यकतालाई पहिचान गर्दै तीन तहकै सरकारसँगको समन्वयमा विकासलाई अगाडि बढाउने बताउनुभयो ।

बागमती प्रदेशमा ८४ वटाभन्दा धेरै कानून बनाउनुपर्नेमा अघिल्लो कार्यकालमा ३८ वटा मात्रै कानून बनेको भन्दै उहाँले सङ्घले कतिपय प्रदेशको अधिकारलाई केन्द्रीकृत गर्न खोज्दा समस्या आएकाले त्यस्ता समस्यालाई हटाउनुपर्ने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्चीको पानी भक्तपुरमा जोड्दै घरघरमा खानेपानी पु¥याउने काम पहिलो चरणमा गर्नेछाँै, भक्तपुरमा पर्याप्त अस्पताल हुँदाहुँदै पनि उपचारका लागि काठमाडौँ जानुपर्ने समस्या समाधान गर्न सबै अस्पताललाई फरक विशेषज्ञ सेवा सञ्चालन गर्ने गरी समन्वय गर्नेछौँ, भक्तपुरका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न काठमाडौँ जानु नपर्ने अवस्था सिर्जना गर्नेछौँ ।”

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ (२)का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, भक्तपुर क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलगायतले विकासका मोडालिटीका बारेमा चर्चा गर्दै तीन तहकै सरकार मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले अबको पाँच वर्ष जनप्रतिनिधिले कसरी काम गर्छन् भन्नेबारेमा स्पष्ट अवधारणा राखेको बताउनुभयो । केन्द्रका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्क

तपाईको प्रतिक्रिया