मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहो¥याउन मन छ : मुख्यमन्त्री राई

  मंसिर २१, २०७९

टङ्कीसिनवारी,मङ्सिर २१ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताउनुभयो ।

हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राई सत्ता गठबन्धनको तर्फबाट भोजपुर १(१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले नौ, नेकपा ९एस०ले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा जीत हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया