दोलखामा माओवादीका उम्मेदवार कार्की सात सय मतले अगाडि

  मंसिर १७, २०७९

दोलखा, मङ्सिर १७ : दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।

गए राती ३ बजेसम्म १७ हजार २७२ मत गणना गर्दा नेकपा माओवादीका कार्कीको सात सयको मतान्तरले अग्रता कायमै रहेको छ । कार्कीले सात हजार ९९५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले सात हजार २९५ मतले पछ्याइरहनु भएको छ भने घण्टीका जगदीश खरेलले ६६२ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी प्रदेश सभा २ मा १६ हजार २०५ मत गन्दा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीलाई ५० मतले उछिनेर नेपाली काँग्रेसका बर्मा लामाले अग्रता कायम गर्नु भएको छ । लामाले आठ २०५ हजार ल्याउनु भएको छ भने नेकपा एमालेका केसीले आठ हजार २५५ पाउनु भएको छ ।

प्रदेश १ मा १६ हजार २८६ मत गन्दा नेपाली काँग्रेसका कुन्दनराज काफ्ले ९९६ मतान्तरले अग्रता हुनु हुन्छ । काफलेले सात हजार ६६५ र एमालेका नरबहादुर श्रेष्ठले छ हजार ६६९ पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया