‘महिलामाथि हुने हिंसा रोक्न परिवारबाटै प्रयास गर्नुपर्छ ’

  मंसिर १६, २०७९

डडेल्धुरा, मङ्सिर १६ : यहाँका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागिपरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ ।

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन् । गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन् ।

समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने अधिवक्ता युवराज जोशीले बताउनुभयो । गाउँपालिकाले विभिन्न सचेतामूलक कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक वसन्ती पालले बताउनुभयो ।

वडा नं ३ बाट १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गर्नुका साथै महिला सचेतीरणका कुरालाई लिएर महिला अधिकारका साथै मान अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको जानकारी दिनुभयो । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा ¥याली र अन्तक्र्रिया कार्यक्रम भइरहेको जनाइएको छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको जनाइएको छ । व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ ।

महिलामाथि हुने हिंसा रोक्न परिवारबाट प्रयास गरिनुपर्ने नवदुर्गा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक निर्मला बोगटी विष्टले बताउनुभयोे ।

तपाईको प्रतिक्रिया