सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

  मंसिर १४, २०७९

इनरुवा, मङ्सिर १४ : सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राख्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

तपाईको प्रतिक्रिया