सीताराम विवाह पञ्चमी : स्वयंवर सम्पन्न

  मंसिर १२, २०७९

महेन्द्रनगर (धनुषा),मङ्सिर १२ : सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान ९बाह्रविघा० मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आउनुभएको छ ।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया