इलाम-१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित

  मंसिर ११, २०७९

मङ्गलबारे, मङ्सिर ११ : इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित हुनुभएको छ ।

प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गर्नुभएको छ । लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री हुनुहुन्छ । एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गर्नुभयो ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया