श्रीलङ्का : केन्द्रीय बैङ्कद्वारा ब्याजदरमा समायोजन

  मंसिर ०८, २०७९

कोलम्बो, मङ्सिर ८ : श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।

मौद्रिक बोर्डले आन्तरिक तथा विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित पछिल्लो र अपेक्षित घटनाक्रमका साथै समष्टिगत आर्थिक प्रक्षेपणलाई ध्यानमा राखेर उक्त निर्णय गरेको बैंकले जनाएको छ ।

बोर्डले अर्थतन्त्रमा कुनै पनि मागमा आधारित मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न कडा मौद्रिक नीतिको अडानमा अडिग रहनु आवश्यक रहेको उल्लेख गरेको छ ।

यसले दक्षिणपूर्वी एशियाली मुलुकलाई आर्थिक बर्षको मध्यमा ४ देखि ६ प्रतिशतको लक्षित सीमातर्फ मुद्रास्फीति घटाउन मद्दत पुग्ने बैङ्कले जनाएको छ ।

आपूर्ति पक्षको अनुकूल विकास र कडा मौद्रिक नीतिका उपायहरूका कारण सेप्टेम्बरमा शिखर पार गरेपछि अक्टोबरमा मुद्रास्फीति घटेको बैङ्कले जनाएको छ ।

मागमा आएको गिरावट, आन्तरिक आपूर्तिमा अपेक्षित सुधार र विश्वव्यापी वस्तुको मूल्य सामान्यीकरणका कारण आगामी महिनाहरूमा मुद्रास्फीति दरमा निरन्तर कमी आउने बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया