काभ्रेपलाञ्चोक–१ (१) मा माओवादी विजयी

  मंसिर ०८, २०७९

काभ्रेपलाञ्चोक, मङ्सिर ८ : प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित उहाँ विजयी हुनुभएको हो ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार दिलबहादुर तामाङ (दिलीप)ले ११ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा ढकाल सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया