रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी

  मंसिर ०८, २०७९

सैनामैना (रुपन्देहीं), मङ्सिर ८ : रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५  को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले  फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले  ३६ हजार  ८ सय  २२  मत प्राप्त गरेर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार  भरत शाहले  २७ हजार  १ सय २० मत प्राप्त गर्नुभएको छ ।  उहाँहरू बिच नौ हजार  ५ सय ११ मत को मतान्तर रहेको छ ।

तपाईको प्रतिक्रिया